विपद पुर्व तयारी प्रतिकार्य योजनाको तयारी



काभ्रे  । 

काभ्रेपलाञ्चोक जिल्लामा आगामी वर्ष २०८० मा मनसुन तथा विपदजन्य घटना हुन नदिन, घटना भएमा खोज, उद्दार तथा उपचार र ब्यवस्थापनका लागि बृहत्त योजना निर्माणका लागि अभ्यास सहितको पुर्व तयारी र प्रतिकार्य योजना निर्माण शुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले जिल्लामा आगामी वर्ष २०८० मा घट्न सक्ने विपदका घटनाहरुका सन्दर्भमा स्थानीय तहगत आधारमा समिक्षा गर्दै आगामी दिनमा हुन सक्ने सम्भावित विपदको पहिचान गरी जिल्ला विपद ब्यवस्थापन समितिले २०८० सालको लागि विपद पुर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी यथाशिघ्र समितिबाट पास गराई लागु गर्ने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तहहरुले बार्षिक विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, कोभिड १९ को संक्रमण तथा रेविज फैलन नदिन रोकथाम तथा नियन्त्रणको प्रभावकारी ब्यवस्था मिलाउने र स्वास्थ्य कार्यालयले खोपलाई ब्यापक बनाउने ब्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै विपद जोखिमयुक्त क्षेत्र पहिचान गरी सोको रोकथाम नियन्त्रण गर्न पूर्वाधार विकास कार्यालय र सिंचाई तथा जलश्रोत कार्यालयले स्थानीय तहसँग समन्वय गरी प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठक बैशाख १३ गते कालीजंग गणमा हुनेछ ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सुरक्षा निकायका प्रमुखहरु, सरोकारवाला कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्