रास्वपाद्वारा दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।  सम्मेलन बुधबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको बताइएको छ ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाइ सकेको छ ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बताएका छन् । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।

यसबारे सत्यतथ्य जानकारी गराउन रास्वपाले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्