ओली संसद् विघटनको दाउमा छन् : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

आज (बुधबार) सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् । नेपालले ओली संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा छन् । उनको यो दाउ पूरा नहुने समेत बताए ।

संविधानको खिलापमा उत्रिने ओलीलाई समर्थन गर्न नसक्ने बताउँदै एमालेसँगको एकता सम्भव नभएको प्रष्ट पारे ।

उनले भने, ‘ओलीले अहिले पनि संसद्लाई पुनः विघटन गर्न सक्ने बताए । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ । त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’

यद्यपि पार्टी त्याग गर्नेका लागि उनले छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया भएको बताए ।

प्रतिक्रिया दिनुहोस्