किन सारियो रास्वपाको पूर्वनिर्धारित बैठक



काठमाडौं । पूर्वनिर्धारित समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कमिटीको बैठक नबस्ने भएको छ । उसले बुधबार बिहान ९ बजे बोलाएको बैठक केही समयका लागि पछि सारिएको छ ।

सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियोबारे निर्णय लिन बुधबार बिहान ९ बजेका लागि बोलाएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो ।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बताएका छन् । उनले दुर्गा प्रसाईँलाई नचिनेको र फोन संवादसमेत नगरेकोसमेत दाबी छन् ।

प्रतिक्रिया दिनुहोस्