२ करोड अडियो प्रकरण- रास्वपाको ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद ढाकाको चेतावनी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

उनले आफू अप्ठेरो परेका बेला पार्टीले सहयोग नगरे उक्त टिम सार्वजनिक गरिदिने चेतावनी दिएका हुन् ।

छानबिन समितिले बयान लिने क्रममा श्रेष्ठले यस्तो बताएको एक स्रोत बताउँछ । स्रोतका अनुसार, ‘अप्ठेरो परेको बेला पार्टीले सहयोग गर्नुको साटो साधारण सदस्यसमेत नरहने गरि कार्बाही गरे कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिनुभएको छ ।

यद्यपि उहाँले बयान दिनेक्रममा रिलाइजेसन गर्नु पनि भएको छ । उहाँले आफूलाई फसाउन खोजिएको बताउँनुभयो ।’

श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेकोले पार्टीलाई सहयोग गर्नुपर्ने भन्दै २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस मागेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

अडियो सार्वजनिक भएको ७२ घण्टाभित्रै प्रतिवेदन सार्वजनिक गर्ने छानबिन समिति बताएको थियो । रास्वपाले आज २ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक २ बजेका लागि सारिएको छ । त्यसलगत्तै उसले पत्रकार सम्मेलन पनि गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्