यस्तो छ आज दिनभरिको मौसम



काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

सोमबार देशका पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले बताईन् ।

कँडेलका अनुसार सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्