रामेछाप कारागारका कैदी बन्दीकाे मृत्यु



रामेछाप ।

झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहदै आएका कैदी बन्दीको मृत्यु भएको हो ।

रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे । उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्