उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग


काठमाडौं । आसन्न वैशाख १० मा हुने उपनिर्वाचनका उम्मेदवारीहरूको अन्तिम नामावली आज प्रकाशन गर्ने निर्वाचनले आयोगले जनाएको छ । आयोगले आजै चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र आजै उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गर्ने आयोगको तयारी छ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।