जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ



काठमाडौं ।

काठमाडौं र सर्लाहीबाट २० जनालाई जुवातास खेलिरहेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंकाे टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्