सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम पेसी


काठमाडौं । क्रिकेट सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतले सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आज अन्तिम पेसी तोकिएको हो ।

उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ मा एक होटलमा लगेर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । नाबालिगले भदौ २१ गते जाहेरी दिएकी थिइन् ।

यद्यपि चैत १३ गते अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

त्यसपछि आज अन्तिम पेसी तोकिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।