कलेजका बस चालकमाथि कुटपिट गर्ने तामाङ पक्राउ



भक्तपुर ।

ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । भक्तपुर प्रहरी वृत जगातीबाट खटिएको टोलीले कुटपिट गर्नलाई अपरान्ह ३ बजे पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए ।

वृत जगातीका प्रहरी हवल्दार सुदन खतिवडाको टोलीले कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाडा बस्ने बर्ष ३८ को वाला तामाङलाई कारसहित नियन्त्रणमा लिएको एसपी केसीले जनाए । हाल उनलाई बृत जगातीमा राखिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेजको विद्यार्थी बोक्ने बसको चालकमाथि यसअघि बिहान साढे १० बजे कुटपिट भएको थियो ।

काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने बर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरित दिशातर्फ जादै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४÷५ जना पुरुष ब्यक्तिहरुले गालीगलौज गरी स्ट्रेरिङमै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उक्त कार र सवार व्यक्तिहरू कुटपिटपछि गुण्डुतर्फ फरार भएका थिए । कुटपिटबाट निज बस चालकको घाटीमा भित्री चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्