प्रहरीद्वारा १६ लाख रुपैयाँ बराबरको सामान बरामद



काठमाडौं ।

मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट साेमबार  करीब १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी  प्रहरीले नियन्त्रणमा लिइएको छ ।

बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको गाडीमा राखेर ल्याउँदै गरेको ४३ बोरा स्पेशल मिल्क पाउडर र ५५ वटा खाली क्यारेट नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

साथै उक्त गणले सोही स्थानबाट करीव ४ लाख ८३ हजार रुपैयाँ बराबरको मोवाईल कभर, टेम्पर ग्लास लगायतका सामान नियन्त्रणमा लिएको हो । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्