ताप्लेजुङमा दुई जनाको शव फेला


ताप्लेजुङ  । 

ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दु्ई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोला किनारमा रौतहट, चन्द्रपुर नगरपालिका–१ का ३६ वर्षीय विशाल थापाको शव भेटिएको हो ।

सोमबार बिहान खोला किनारमा मृत फेला परेका थापा काबेली–३ जलविद्युत जलविद्युत आयोजनाको एक्स्काभेटर चालक भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । यस्तै, फुङ्लिङ नगरपालिका–२ देवलिङ्गेका ३४ वर्षीय कुमार बिक नजिककै सिम्ले सडक खण्डमा मृत भेटिएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।