प्रहरी वरिष्ठ हवल्दार जोशीराम रेग्मी बेपत्ता



काठमाडौं ।

इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जोशीराम रेग्मी बेपत्ता भएका छन्। बिहीबार बेलुकी गस्तीकै क्रममा काइगाउँ खोलामा खसेर बेपत्ता भएका दैलेखको नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय रेग्मीको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको डीएसपी शिव बुढाथोकीले जानकारी दिए।

मुड्केचुला गाउँपालिका– १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँमा बिहीबार साँझ गस्तीमा गएका थिए। त्यही क्रममा ३० मिटर तल खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्