क्यान्सर पीडित समाजसेवी राईलाई  १७ लाख आर्थिक सहयोग



भक्तपुर ।

क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईको उपचार सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट १७ लाख १ हजार १६६ रुपैयाँ सहयोग सङ्कलन भएको हो ।

समाजसेवी केदार आले मगरको नेतृत्वमा संचालित ‘क्यान्सर पीडित चन्द्रकुमार राई बचाऊ अभियान’बाट सङ्कलन भएको रकम हस्तान्तरण गरेको रकम सङ्कलन अभियानका अभियन्ता तथा निवर्तमान प्रहरी सहायक निरीक्षक ईश्वर बन्जाराले जानकारी दिनुभयो  ।

कार्यक्रममा बोल्दै सांसद पासाङले एक व्यक्तिलाई दुःख पर्दा सबै जना एक भएर लागेको देख्दा खुसी लागेको बताउनुभयो ।सहयोग रकम जुटेको देख्ता उहाँले समाज स्वास्र्थले गाँज्यो भनिए पनि परोपकारी,निःस्वार्थी र समाजसेवी ब्यक्तिहरु समाजमा उत्तिकै सक्रिय रहेको उदाहरण देखिएको बताउनुभयो ।
कार्यक्रममा मुख्य अभियन्ता केदार आले, समाजसेवी ध्यानकुमार राई ,चन्द्रकुमार राई,क्याप्टेन बिष्णुभक्त राई लगायतको सहभागिता थियो ।

सङ्कलन अभियानका अभियन्ता बन्जाराले समाजसेवी राईलाई आर्थिक सहयोग गर्न तन, मन र बचनले  जोडिनु भएका सबैमा हार्दिक नमन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्