कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने



काठमाडौं ।

तनहुँ १ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्