सल्यानको खैराबाङ भगवतीको मन्दिरमा ७ सय पशुको बलि



सल्यान  ।

सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतिको मन्दिरमा ७ सय पशुबलि चढाईएको छ । चैते दशैँको अवसरमा पाँच दिनको अवधिमा मन्दिरमा बोका, भेडा र रागां गरी ७ सय पशुबली चढाईएको खैराबाङ भुवनेश्वरी मन्दिर व्यवस्थापन समितीले जानकारी दिएको छ ।

कुखरा, हास र परेवाको भने १० हजार बली चढाईएको खैराबाङ भुवनेश्वरी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष छवि शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार २० हजार भन्दा बढि भक्तजनहरुले मन्दिरमा पुजापाठ गरेका छन ।

विशेष गरी खैराबाङ भगवतिको मन्दिरमा बोका, भेडा, रागां, कुखुरा, हास र परेवाको पञ्चवली चढाईन्छ । खैराबाङ भगवतिको मन्दिरमा बली चढाएमा मागेको बर पाईने र मनोकांक्षा पुरा हुने धार्मिक बिश्वास रहेको उहाँले बताउनु भयो । यहाँ देशभर बाट मात्र होईन भारत बाट समेत पुजा गर्न भक्तजनहरु आउने गरेका छन ।

चैते दशैमा कमै बली चढने गर्छ भने बडा दशैमा भने घटस्थापना देखि दशमि सम्म विशेष पुजापाठ तथा बलि दिने गरिन्छ । बडा दशैमा मात्र २० जार भन्दा बढी पशुबली चढाईने उहाँले बताउनु भयो ।मन्दिरमा चढाएको पशुबलीको टाउको बेचेर मात्र बार्षिक १८ लाख आम्दानी हुने गरेको छ भने मन्दिरको भेटी बाट बार्षिक ८ लाख आम्दानी भैरहेको मन्दिर व्यवस्थापन समितीको सदस्य दिपक शर्माले बताउनु भयो ।

उहाँका अनुसार सोही आम्दानीबाट मन्दिरमै लगानी गरिदै आएको बताउनु भयो । मन्दिरमा बाह्रैमास पुजा हुने र भक्तजनहरुको धेरै उपस्थिति हुने भएकाले बस्नका लागि सानो धर्मशाला समेत बनाइएको छ । धार्मिक शास्त्र अनुसार नेपालमा रहेका ५१ पीठ मध्येको एक पवित्र मन्दिर हो खैराबाङ । मन्दिर व्यवस्थापनकोलागि समिति बनाईको छ । सो समितिले मन्दिरको हेरचाह आम्दानि खर्च र मन्दिर व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्