नेवाः देय दबूको कलात्मक भवन बन्दै



काठमाडौं ।

नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले काठमाडौंमा चमतीमा कलात्मक नेवाः छेँ बनाउन तयारी अघि बढाएको छ ।दय् दबूले बुधबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरी सोको जानकारी दिएको हो।

चमती जग्गा एकिकरण आयोजना अन्तर्गत रहेको करिब पाँच आना जग्गामा सो भवन बनाउन लागिएको हो । सो भवन बहुप्रयोजनको रहने बताउँदै देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले नेपालभाषा, साहित्य, संस्कृति, इतिहासको अध्ययन अनुसन्धान गर्ने, नेवाः संस्कृति, वास्तुकलाको प्रदर्शनीको रुपमा सो भवन बनाउने बताउनुभयो।

सो भवन बनाउन करिब ८ करोड रुपैयाँ लाग्न जनाउँदै अध्यक्ष बज्राचार्यले सो रकम विभिन्न महानुभावहरुको सहयोग र राज्यको तर्फबाट जुटाइने योजना रहेको बताउनुभयो।

सो अवसरमा प्रस्तावित चार तल्ले कलात्मक भवनको नक्सा डा पुष्पराज राजकर्णिकार र डा. महेशमान श्रेष्ठले सार्वजनिक गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्