ह्वाट्स एपबाट करोडौं ठगी गर्ने १० नेपालीसहित १९ जना पक्राउ



काठमाडौं ।

मोबाइल एप्पलिकेशन ह्वाट्स एप र टेलिग्रामबाट करोडौं ठगी गरेको अभियोगमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बिजनेस गर्ने नाममा १० करोड बढी ठगीको अभियोगमा ९ चिनियाँ र १० नेपाली पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अधिकांश बूढानीलकण्ठनगरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो। उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठगेको खुलेको छ। प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ। थप अनुसन्धान भइरहेकाे छ  ।

प्रतिक्रिया दिनुहोस्