१० दललाई मन्त्री भागबन्डा टुंग्याउन सकस


काठमाडाैं ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ १० दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अपरान्हबाट सुरु भएको बैठक बिनानिष्कर्ष टुंगिएको हो।

बैठक बुधबार बिहान ९ बजे फेरि बस्ने गरी सकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन्  ।

छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २ मन्त्रालयमा दाबी गरेको छ।

बैठकमा सरकारको साझा न्युनतम कार्यक्रम वितरण भएको अर्का एक नेताले जानकारी दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।