बलात्कार आराेपमा एक जना पक्राउ



सिरहा ।

२५ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा लक्ष्मिपुर पतारी गाउँपालिका-३ हरीनगर टोल बस्ने २८ वर्षीय प्रदिप साहलाई  प्रहरीले पक्राउ गरेको छ ।

साहलाई ती महिलालाई सखुवानान्कारकट्टी गाउँपालिका-२ तिनकुने चोकस्थित गहुँ बारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्