नेकपा (एस)को गृहसहित तीन मन्त्रालय दाबी


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा उसले गृहसहित तीन मन्त्रालयको दाबी गरेको हो ।

एकीकृत समाजवादीका नेताहरुले गृहसहित तीनवटा मन्त्रालय पाउनैपर्ने प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । बिहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए ।

उनीहरुले गृह, अर्थ र परराष्ट्रमध्ये एक शक्तिशाली मन्त्रालयसहित तीन मन्त्रालय दिन प्रधानमन्त्रीलाई दबाब दिएको स्रोतले बतायो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।