भक्तपुरको ताथलीमा आगलागी


भक्तपुर ।

भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो ।

आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन् । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ । स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । ताथलीको पुल नजिकैको टहरामा आगोलागी भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।