माओवादी केन्द्रले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन


पोखरा ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।