टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु


धादिङ ।

धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा  टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो ।हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको  टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।