रिङरोडमा ४ सवारी साधन ठोक्किँदा ८ जना घाइते



काठमाडौं ।

काठमाडौंको चप्पल कारखानास्थित चक्रपथमा चार वटा सवारी साधन एकआपसमा ठोक्किएर ८ जान घाइते भएका छन्  ।

बिहीबार दिउँसो एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए  ।

दुर्घटनामा परी घाइतेका एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको एसपी रिजालले जानकारी दिए। दुर्घटनामा अरू सवारी साधनमा पनि क्षति भएको बताइएको छ। प्रहरीले दुर्घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्