पत्रकार धामीलाई धम्की, कारबाही गर्न माग 



धनगढी। 

धनगढीका पत्रकार टेकसिंह धामीलाई नेवि संघका कार्यकर्ता ओमप्रकाश अवस्थीले धम्की दिएका छन् ।

पत्रकार धामीलाई आफूलाई नेवि संघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका हुन् । धामीले लेखेको समाचारको विषयलाई लिएर समाचार किन लेखिस् ? तेरा हातखुट्टा भाँचिदिने भन्दै अवस्थीले धम्क्याएका हुन् ।

‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् ।

यसैबीच पत्रकार धामीलाई धम्की दिएको घटनाप्रति पत्रकारका विभिन्न संगठनहरुले ध्यानाकर्षण भएको जनाउँदै अवस्थीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी, प्रेस चौतारी नेपाल कैलाली र नेपाल प्रेस युनियन कैलालीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दैै समाचारमा असहमती भए कानुनी उपाय खोज्ने बाटो हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भर्त्सना गर्दै कारबाहीको माग गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्