पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्वरसिंह गुरुङको ७२ वर्षको उमेरमा निधन



काठमाडौं ।

नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्वरसिंह गुरुङको निधन भएको छ । पोखरा महानगरपालिका वडा नं ४ निवासी गुरुङको उपचारको क्रममा ७२ वर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

मुटुमा समस्या भएपछि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । उनी पाँच वर्ष यता उच्च रक्तचापबाट पीडित थिए । बेलायती सेनाबाट सेवानिर्वित गुरुङ बेलायती सेनामा कार्यरत रहँदा नै नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउण्डमा कुवेत विरुद्ध खेलेका थिए ।

१९७४ मा नेपाली राष्ट्रिय फुटबल टिममा समावेश भएका उनी सन १९८२ को एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेका गुरुङ आरसिटी क्लवमा आवद्ध थिए । उनी एएफसीको आधिकारिक प्रतियोगिता यू–१६ एसियन युथमा समेत नेपाली राष्ट्रिय टिमको सदस्य थिए ।

 उनका श्रीमती, एक छोरा र तिन छोरीहरु छन् । उनको अन्त्येष्टि शनिबार गर्ने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्