माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

सरकारबाट बाहिरिनबारे थप छलफल गर्न माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका नेता जोखबहादुर महराले बताए । बैठक दिउँसो १२ बजे भैरहवामा बस्ने मन्त्री इन्द्रजित थारुले जानकारी दिए ।

चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि सरकार फेरबदलको चर्चासँगै लुम्बिनी सरकार पनि फेरबदल हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्