प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना बानेश्वरबाट पक्राउ



काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना पक्राउ परेका छन्। मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री विरुद्ध बानेश्वरमा नाराबाजी गरेका थिए।

एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री दाहाल कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि अर्का एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए ।
सोही नाराबाजीमा संलग्न भएको भन्दै तीनै जना युवालाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्