सरकारमा जान एकीकृत समाजवादीले थाल्यो गृहकार्य



काठमाडौं ।

एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी हुने तयारी स्वरुप अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एक कार्यदल बनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालसम्मिलित कार्यदल बनाएको हो ।

उक्त कार्यदलले सरकारमा जाने नीति कार्यक्रमका साथै हिस्सेदारीलगायतको विषय टुंगो लगाएपछि मात्रै आफूहरु सरकारमा जाने सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । सरकारमा जाने विषयमा छलफल चलिरहे पनि गठबन्धनमा भागबन्डा मिलेपछि मात्रै औपचारिक निर्णय हुने बताए  ।

प्रतिक्रिया दिनुहोस्