बाजुराको बुढीनन्दा क्याम्पसमा प्रहरीद्वारा हवाईफायर



काठमाडौं ।

बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा प्रहरीले हवाईफायर गरेको छ । स्ववियुको चुनावमा ढुंगामुढा भएको थियो। प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको बताए।

‘शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको बेलामा दिउँसोपख ढुंगामुढा भयो । ढुंगामुढा भएपछि प्रहरीले हवाईफायर गरेको हो,’ उनले भने।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २४ राउन्ड हवाईफायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए । अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि उनले बताए। यसबारेमा सर्वदलीय बैठक बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्