सुदूरपश्चिममा अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुरमा प्यानलै विजयी



धनगढी । 

सुदूरपश्चिममा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले खाता खोलेको छ। कन्चनपुरस्थित बेलौरीको रामपुर बहुमुखी क्याम्पसबाट अखिल क्रान्तिकारीले खाता खोलेको हो।

त्यहाँ स्ववियु चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल ने विजयी भएको छ । आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मत ल्याउँदै प्यानलसहित अखिलकी सरस्वती तिरुवा सभापतिमा विजयी भएकी भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका उमेदवार धनिराम चौधरीले ५ मत ल्याएका छ्न्। यस्तै नेकपा एमाले निकट अनेरास्वियुकी बिमला रेग्मीले ४ मत ल्याइन्।

बिहान १० बजेबाट सुरु भएको मतदान अपरान्ह १२ बजे सकिएको थियो । उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए, जसमा २५ मत खसेको थियो। खसेकोमध्ये एक मत बदर भएको बताइएको छ। सचिवमा क्रान्तिकारीका रमिता चौधरी र कोषाध्यक्षमा रविना राना निर्वाचित भएका छन ।

रमिता चौधरीले १७, अनेरास्ववियुकी सोभा विष्टले ३, नेवि संघका सिता पुजाराले ३ र कोषाध्यक्षमा क्रान्तिकारीका रविना रानाले १६, अनेरास्ववियुकी निसा विकले ३ र नेवि संघका लिला रानाले ५मत ल्याएकी छिन । सदस्य तर्फ क्रान्तिकारीकै वविता चौधरी, निशा लम्साल र राजेश्वरी राना निर्वाचित भएकी छिन ।

निर्वाचित क्रान्तिकारी प्यानललाई अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज किशोर भट्ट र संयोजक भुवन विष्ट सहितका नेताहरुले बधाई तथा शुभकामना दिएका छन । कञ्चनपुरका ६ क्याम्पसमा निर्वाचन मध्ये उक्त क्याम्पसमा अखिल क्रान्तिकारीले पहिलो जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्