रास्वपाको बैठक स्थगित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । बैठक आज (शुक्रबार) बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो ।

तर, निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको रास्वपाले जनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्