रास्वपाको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्ने भएको छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन रास्वपाको बैठक बस्न लागेको हो ।

आज (शुक्रबार) बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने रास्वपाले बताएको छ ।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार दर्ता गराएका छन् । निर्वाचन बिहान १० बजेदेखि साँझ ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्