काठमाडौं ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा–सुविधा नपाएको गुनासो गरेकी छिन् ।भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ छ ।
उनले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ। तर उपसभामुख भएको मेरो अहिले एकमहिना भयो। मेरो अधिकार, काम, कर्तव्य खोज्दै गएँ।
मेरो सुविधा पनि खोज्दै जाँदाखेरी थुप्रै सुविधाहरु रहेछ। अनि यो भ्रष्ट चाहिँ कस्तो भने पुरुषले महिलालाई गर्ने, ठूलो पार्टीले सानो पार्टीलाई गर्ने, त्यो भ्रष्टाचार होइन ररु कस्तो लाग्छरु तपाईहरुलाई। यहाँ ठूलो जसको पहुँच छ, उसलाई तुरुन्त सबैथोक हुने। म अन्याय र विभेद सहन नसक्ने मान्छे म। म सानो भुइँमान्छे हो।
म सांसद मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थेँ। भिआइपीको सुविधा प्रयोग गर्दिनँ भन्थेँ। पहिला पुरुष उपसभामुख हुँदाखेरि चाहिँ आर्मी दिन्थ्यो रे। उहाँहरुलाई चाहिँ मन्त्रीसरह सुविधा हुन्थ्यो रे।
उपसभामुखलाई घर दिने रे भनिएको छ। दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नु परेको छ।’ उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताइन्।











प्रतिक्रिया