सुदूरपश्चिममा गठबन्धनका सांसदलाई प्रशिक्षण दिइँदै

0
Shares

धनगढी।

आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण जारी छ। काँग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक चलिरहेको हो।

केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरी स्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। यहाँ काँग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित छन्।

राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन आज यहाँका ४ दलका सांसदहरूलाई प्रशिक्षण भइरहेको हो।