पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती



काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी)ले नेपाललाई १८० रनको चुनौती दिएको लक्ष्य दिएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पीएनजी चार बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको हो ।

पीएनजीका टोनी उराले सर्वाधिक ३९, हिरी हिरीले ३१ रन जोड्दा  जोड्दा किप्लिन डोरिगा २६ रनमा पभेलियन फर्किएका थिए । गउडी टोकाले १५ रन बनाएर बोल्ड आउट हुँदा नोर्मान भानुवाले १४ रन बनाए ।  कप्तान आसाद भाला र सेसे बाउले समान ११ रनको योगदान गरे ।

नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले २, र सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्