बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक रेग्मीविरूद्ध मुद्दा

0
Shares

काठमाडौं ।

बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ। गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो। सामाजिक सञ्जालमा विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोप उनीमाथि छ।

उनी थाइल्यान्डबाट स्वदेश फर्केलगत्तै पक्राउ परेका थिए। रेग्मीविरूद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए। रेग्मीले सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गरेको भन्दै उनीहरूले बताएका थिए।

जाहेरीको आधार ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा ९१० बमोजिम कसूरमा अनुसन्धान गरेको थियो। उक्त अनुसन्धान सकेर साइबर ब्युरोले प्रतिवेदन कार्यालयमा बुझाएको थियो। प्रहरीले रेग्मीविरूद्ध पीडितले निवेदनसहित दिएको स्क्रिनसट कागजातहरू प्रमाणको रूपमा पेश गरेको छ।