नेपाली सेनाका उपरथी शाही सेवाबाट बर्खास्त


काठमाडौँ।

भ्रष्टाचार आरोपमा सैनिक हिरासतमा रहेका नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त भएका छन्।

आर्थिक अनियमितता गरेकोमा दोषी पाइएपछि शाहीलाई हटाउने निर्णय गरेको सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । आर्थिक अनुशासनको विषयमा कोर्ट अफ इन्क्वायरीको सिफारिस अनुसार शाहीको मुद्दा सैनिक अदालतमा पठाइएको थियो ।

उपरथी ताराध्वज पाण्डे अध्यक्षतामा गठन भएको कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले पेस गरेको प्रमाणको आधारमा सेवाबाट हटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।