लिग २ क्रिकेट खेल्न यूएई उडे सन्दीप



काठमाडौं ।

सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै नेपाल क्रिकेट संघ ९क्यान०का कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान भएका छन् ।

नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्