एमालेले बनायो सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार



काठमाडौं ।

नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले-माओवादी गठबन्धन भत्किएपछिको राजनीतिक घटनाक्रम र राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।

आज बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । एमालेसचिव योगेश भट्टराईले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्