रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ ।

बिहान साढे ८ बजे पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको हो ।

शुक्रबार ८ दलकाबीच नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति जुटेको थियो । यससँगै कांग्रेसले आफ्नो दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार तय गर्नको लागि पार्टी कार्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्