राष्ट्रपतिको उम्मेदवार चयन गर्दै नेपाली कांग्रेस


काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाईएको हो ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।  राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ ।

हिजो बसेको ७ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्टपतिमा समर्थन गर्ने निर्णय गरे पछि आज उम्मेदवार चयन गर्न लागेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।