एस अध्यक्ष नेपाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता


काठमाडौं ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।  राष्ट्रपति कसलाई बनाउने भन्ने विषयले नेपालका राजनीतिक दलका नेताहरुको छलफल चलिरहेका बेला राजदूत सोङले पनि आफ्नो सक्रियता बढाएका हुन् ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका राजदूत सोङले अपरान्ह एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेसँगै तरंगित बनेको राजनीतिक अवस्थामा राजदूत सोङले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाललाई भेटेका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।