पठान अन्ततः एक हजार करोड क्लबमा पुग्ने निश्चित


मुम्बई, एजेन्सी ।

बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।

सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।

उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।  करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ काे छबीलाइ पुष्टी गरेकाे बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।