जंगी अड्‍डामा सेना प्रमुखकाे सम्मेलन



काठमाडौं ।

नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सव सम्पन्न भएकाे छ। सेना दिवस २०७९ मा सहभागी हुन आएका भारतीय सेनाका पूर्व सेनाध्यक्षहरु र उनीहरुका समकक्षी नेपालका पूर्व प्रधान सेनापतिहरुको सहभागितामा, प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा आइतबार प्रमुखको सम्मेलन आयोजना गरिएकाे हाे  ।

जंगी अड्‍डामा आयोजित सो कार्यक्रममा सहभागिहरुबीच आपसीहितका विविध विषयहरुमा छलफल भएको छ । यस अघि आजै नेपाल भ्रमणमा आएका भारतका पूर्व सेनाध्यक्षहरुले जोमसोमस्थित मुक्तिनाथ मन्दिरको दर्शन तथा पुजापाठ गरेका छन्  । 

प्रतिक्रिया दिनुहोस्