ओखलढुंगामा दलित समुदायलाई मन्दिर पस्न रोक



ओखलढुंगा ।

सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न खोज्दा दलित समुदायका व्यक्ति विभेदमा परेका छन्।

स्थानिय शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई मन्दिरमा पूजा गर्नबाट वञ्चित गरिएको थियो। गजमेर मन्दिरमा गएर प्रतिवाद गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए। यो घटना सञ्चारमाध्यममा सार्वजनिक गर्ने भनेपछि अगुवा गुरुङले ढाेका खोलेको उनले सुनाइन्।

यसअघि पनि महाशिवरात्रीको अवसरमा पुजाआजा गर्न आएका दलीत समुदायका ब्यक्तिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका अगुवा लक्ष्मण गुरुङलगायतले अवरोध गरेका छन्।

पुजाआजका लागि आएका अन्यलाई सहजीकरण गरेका गरिरहेका गुरुङले दलित समुदायका व्यक्ति आउन आउनासाथ मन्दिरमा पुजाआजा गर्न मिल्दैन भनेर रोक लगाएको थिए । कुष्णकुमारीको आमालाई पनि रोक लगाए पछि उनले भने पतिवाद गरेकी थिइन ।

सो घटना सार्वजनिक भए पछि मन्दिरका पुजारीलाई जुठो परेकाले पूजाआजा नभएको तर मन्दिरमा रोक नलगाएको भन्दै गुरुङले जवाफ दिएको अधिकारकर्मीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्