नेपालद्वारा नामिविया ३ विकेटले पराजित



काठमाडौँ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिविया विरुद्धको खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले नामिवियालाई ३ विकेटले पराजित गरेको छ । २७५ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर ४७ दशमलव ३ ओभरमा लक्ष्य भेट्टाएको थियो ।

नामिवियाका कप्तान गेरहार्ड एरासमसको बलमा सोमपाल कामीले चौका प्रहार गरेपछि नेपालले ३ विकेटले खेल जित्न सफल भएको थियो ।

लगातार तेस्रो खेल जितेको नेपालले तीनै खेलमा शानदार ब्याटिङ प्रदर्शन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्