झलनाथ खनाल भारत प्रस्थान


 फागुन ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गरेका छन् ।  एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारत भ्रमणका क्रममा त्यहाँका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन भारत प्रस्थान गरेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

बिहीबार खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि भारत गएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।